‘काँग्रेसले गठबन्धन भन्दा पनि धेरै सिट जित्नलाई महत्व दिनेछ’

सदरलाइन संवाददाता ५ चैत्र २०७८, शनिबार १७:०५
 


नेपालगञ्ज : नेपाली कांँग्रेसका प्रबक्ता डा.प्रकाशशरण महतले नेपाली काँग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेको बताएका छन् । उनले काँग्रेसले सबै भन्दा बढी कसरी सिट जित हासिल गरिन्छ त्यसरी नै अगाडि बढ्ने नीति अख्तियार गरेको उनको भनाई थियो ।

नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो भनाई राख्दै काँग्रेस प्रबक्ता डा.महतले सत्तारुढ गठबन्धनका बारेमा कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसै अनुसार निर्णय लिने कुरामा जोड दिदै भने–‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन, हामी पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौं ।’ उनले आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने स्पष्ट पारे ।

प्रबक्ता डा.महतले कांग्रेसले चैतभित्र उम्मेदवारहरुको टुंगो लगाउने दाबी गर्दै भने–‘हामी यसपटक समयमै उम्मेदवारहरुको टुंगो लगाएर निर्वाचनमा होमिन्छौं, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौं ।’

उनले काँग्रेसले निर्वाचन केन्द्रित ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान गर्दै भने–‘ तपाईहरु ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान बोकेर जनताको घरदैलोमा जानुहोस, अहिले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भनेर लाग्नुस्, विपक्षी दलहरुको गरेको दुष्प्रचार र गल्तीहरुको बारेमा बोल्नुस्, एमसीसीका बारेमा फैलाइएको भ्रम चिर्नुस ।’

उनले काँग्रेसले जित्ने गरी उम्मेदवार बनाउने कुरामा जोड दिदै भने–‘यसपटक जित्ने मान्छेलाई मात्र उम्मेदवार बनाइने छ । मेरो–तेरो या यो गुट–त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ ।’


प्रबक्ता डा.महतले एमसीसीका बारेमा सत्ता साझेदार वा विपक्षिले खडा गरिएको भ्रमको पर्दा खुलेको बताउँदै कांग्रेस सधैं सत्यका पक्षमा उभिने पार्टी भएको बताए । एमसीसी नेपालको हितमा भएकाले कांग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैं एउटै बोली बोलेको बताए ।

उनले एमसीसी पारित भएपछि नेपालको इज्जत र शाख बढेको उल्लेख गर्दै भने–‘अन्तर्राष्ट्रियतरमा खस्किएको शाख र इज्जत जोगिएको छ, नेपालका कम्युनिष्टहरु आफैं बसेर निर्णय गर्छन्, आफैं सहयोग माग्छन् अनि आर्फै विरोध गर्छन् भन्ने अवस्था बनेको छ तर, कांग्रेस यसमा दृढ भएर उभिँदा देशको इज्जत र शाख बढेको हो ।’

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत सल्यानमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुने क्रममा नेपालगञ्ज आई पुगेका हुन । न्युज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको फोहर व्यवस्थापनका विषयमा सर्बपक्षिय छलफल

५ चैत्र २०७८, शनिबार १७:०५
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले नगरपालिका भित्र अब्यबस्थित रुपमा थुप्रियको फोहोरको व्यवस्थापनको सरोकारवालहरु बीच छलफल गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको संयोजकत्वमा भएको सर्बदलिय छलफलमा बिगतमा भएको फोहोर ब्यवस्थापनको जिम्मा पाएको जुटायुको बिषयमा नगरपालिकाबाट भएका सम्झौतामा नगरपालिका चुकेको नगर प्रमुख रातवले बताए । नगरको फोहोर ब्यवस्थापनको लागि दिर्घकालिन […]

सम्बन्धित