नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बढैयाताल गाउँपालिका–७ बर्दियाका ९० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।


यही मंसीर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई सोही दिन थप उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको बिहीवार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा कोरोना संक्रमणपछि उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४३४ जनाको मृत्यु भएको छ ।