इजरायलमा जोखिमपुर्ण स्थानमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

सदरलाइन संवाददाता २३ आश्विन २०८०, मंगलवार १९:१४
 

काठमाडौं : इजरायलमा जोखिमपुर्ण स्थानमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको पराष्ट्र मन्त्रालयले जनाएको छ ।

बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सो जानकारी दिएका हुन ।

अन्य क्षेत्रमा जोखिममा रहेका नेपालीलाई पनि सुरक्षित स्थानमा राख्नेबारे सरकारले पहल गरिरहेको मन्त्री साउदले बताए । स्वदेश फर्किन दुई सय जनाभन्दा बढीले आवेदन दिइसकेको पनि उनले जानकारी दिए ।

इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन् । यस्तै दुई सय ६५ विद्यार्थी इजरायलमा थिए । यीमध्ये १० विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको छ ।


कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी ‘पढ्दै कमाउँदै कार्यक्रम’ मार्फत एक महिनाअघि इजरायल गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १० जनाको हमासको आक्रमणबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार २ जना सकुशल, घाइते भएका चार जनाको उपचार भइरहेको र एक जना बेपत्ता रहेका छन् ।

केयर गिभरका रूपमा गएका कामदारहरू भने सुरक्षित रहेको मन्त्री साउदले बताए । परराष्ट्र मन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा अहिले इजरायल भ्रमणमा नजान आग्रह गरे ।

मन्त्रिपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको सम्मानमा आज आधा झण्डा झुकाई राष्ट्रिय शोक मनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्यालको संयोजकत्वमा ११ सदस्यीय स्थानीयतह कर्मचारी जिल्ला संघर्ष समिति गठन

२३ आश्विन २०८०, मंगलवार १९:१४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा जिल्लाका ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय ११ सदस्यीय स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा बुधबार भएको कर्मचारीको जिल्ला भेलाले संघर्ष समिति गठन गरिएको हो । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्वारा […]