ब्राउन सुगरसहित बर्दियामा तीन जना पक्राउ

सदरलाइन संवाददाता १६ मंसिर २०७८, बिहीबार १२:४५
 

बर्दिया : बर्दियामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाले मधुवन नगरपालिका–५ बाट एक भारतीय तथा बढै्याताल गाउँपालिका–७ बाट २ जना नेपालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा भारत बहराईचका २२ का रोहित कुमार गुप्ता, बढै्याताल सितापुरका २२ बर्षिय प्रदिप सुनार र २१ बर्षिय बिशाल सिंह ठकुरी रहेका छन् ।


गुप्ताको साथबाट ९ सय ६० मिलिग्राम ब्राउनसुगर तथा सुनार र ठकुरीको साथबाट १८ ग्राम ७ सय ६० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

१६ मंसिर २०७८, बिहीबार १२:४५
हुम्ला : हुम्लामा हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि हुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । बिहीवार बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर […]

सम्बन्धित