एमाले अध्यक्षमा ओली ठुलो मतान्तरले विजयी

सदरलाइन संवाददाता १४ मंसिर २०७८, मंगलवार १६:०४
 

नेपालगञ्ज : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गरेका छन् भने रावलले दुई सय १३ मत ल्याएका छन् ।

अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भएपनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराएका हुन् ।


ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जितेका थिए ।

दशौँ महाधिवेशनमा पदाधिकारीका लागि भएको मतदानको गणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचबिखनबिरुद्ध दुबैदेशका अधिकारकर्मीबीच सहकार्य आवश्यक

१४ मंसिर २०७८, मंगलवार १६:०४
नेपालगञ्ज : सीमा क्षेत्रबाट हुनसक्ने मानव बेचबिखनका गतिविधि न्युनिकरण गर्नका लागि नेपाल–भारतका अधिकारकर्मी तथा सुरक्षा निकायबीच समन्वय र सहकार्यमा अघि बढ्नुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा बाँके युनेस्को क्लवको आयोजनामा मंगलबार नेपालगञ्जमा मानव बेचविखन बिरुद्ध सक्रिय नेपाल–भारतका संघ संस्था, […]

सम्बन्धित