बाँकेसहित देशभर मनाइयो संबिधान दिवस

३ आश्विन २०७५, बुधबार १५:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संविधान दिवसका अवसरमा बुधवार बाँकेसहित देशभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसर बिहान प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्लाका तीन ठुला बजार नेपालगञ्जमा, कोहलपुर र खजुरामा एकैसाथ प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
देशैभर संविधान दिवस मनाइरहँदा संविधानका विषयमा केही विमतिहरु समेत देखा परेका छन् । समावेशी र सहभागितामूलक संविधान निर्माणपछि आम नागरिकले समृद्धिको चाहना गरिरहे पनि अपेक्षाअनुसार देश समृद्धिको दिशामा अघि बढ्न नसकेको नागरिकको गुनासो छ ।
जनप्रतिनिधिले जनताका पक्षमा काम गर्नुपर्ने र संविधान कार्यान्वयनको पहिलो जिम्मेवारी जनप्रतिनिधिकै भएको खजुरा गाउँपालिका–३ बी गाउँका भक्तबहादुर केसीको भनाई छ । स्थानीयबासी भीम वलीले संविधान कार्यान्वयनप्रति जनतामा देखिएको निराशालाई खुशीमा बदल्नका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए ।
खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले स्थानीय सरकार सञ्चालनका क्रममा शुरुवाती चरणमा केही जटिलता देखिएपनि विस्तारै अघि बढ्दै गएको बताए । संघीयताको अनुभव नभएको अवस्थामा स्थानीय सरकारले कसरी काम गर्ने भन्ने ज्ञान नहुँदा शुरुमा निकै समस्या आएको स्मरण गर्दै उनले अहिले स्थानीय सरकार सञ्चालनका विषयमा जानकारी भएको जिकिर गरे ।


Next Post

ठूलो परिमाणको भारतीय कुखुरासहित दुईजना पक्राउ

३ आश्विन २०७५, बुधबार १५:५१
सदरलाइनडटकम, नेपालगञ्ज : ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुरासहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयले बुधवार बिहान नेपालगञ्ज १३ परसपुरबाट पाँच क्विन्टल बोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको हो । भारतवाट अवैधरुपमा साइकलमा पैठारी गरिरहेको अवस्थामा वडा कार्यालद्वारा गएको प्रहरी टोलीले २ सय ५ गोटा कुखुरा नियन्त्रणमा […]

सम्बन्धित