सरकारले अझै किसानको धान खरिद गर्न सकेन

सदरलाइन संवाददाता १४ मंसिर २०७८, मंगलवार १५:३५
 

नेपालगञ्ज : मंसिरको दोस्रो साता पुग्दा पनि सरकारले अझै किसानको धान खरिद गर्न सकेको छैन् । गएको वर्ष मंसिर पहिलो साता धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसपालि भने दोस्रो साता पुग्दा पनि खरिदको सुरसार गरेको छैन् । जस्का कारण किसानहरु सस्तो मूल्यमा व्यापारीहरुलाई धान विक्री गर्न बाध्य भएका छन् ।

बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत धान बढी उत्पादन हुने जिल्लामा सरकारले समयमै धान खरिद नगर्दा किसानहरु सस्तो मूल्यमा धान विक्री गर्न बाध्य भएका हुन् ।


उनीहरुले सरकारले निर्धारण गरेको खरिद मूल्य भन्दा दुई गुणा सस्तोमा धान विक्री गर्न बाध्य भएको गुनासो सुनाएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने केन्द्रलाई दोष दिएर पन्छिने गरेको छ ।

केन्द्रको खरिद विभागले खरिद कोटा र बजेट नपठाएका कारण किसानको धान किन्न नसकिएको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्षमा ओली ठुलो मतान्तरले विजयी

१४ मंसिर २०७८, मंगलवार १५:३५
नेपालगञ्ज : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गरेका छन् भने रावलले दुई सय १३ मत ल्याएका छन् । अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भएपनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव […]