मन्त्री अथकले गरे राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास

सदरलाइन संवाददाता ५ मंसिर २०७८, आईतवार १४:१३
 

कोहलपुर (बाँके) : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको आइतवार शिलान्यास गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् ।

मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने उदघाटन गरेका थिए । शिलान्यास कार्याक्रममा बोल्दै मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको मुख्य प्राथमिकताका योजना रहेको बताए ।


एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिँदैं मन्त्री अथकले आफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरिने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३२औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइयो

५ मंसिर २०७८, आईतवार १४:१३
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकामा ३२औँ अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ । बैजनाथ गाउँपालिकाले बाल दिवसको अवसरमा माविस्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरी मनाएको हो । कार्यक्रममा हिमालय विद्या निकेतन मा अध्यनरत्त करुणा विक प्रथम भइन् । उनले ३ हजार बराबरको स्टेस्नरी पुरुषकार प्राप्त गर्नि । दोस्रो स्थान विपि मावि प्रेमा […]