नक्कली सिडिओ बनेर ठगी गर्ने पक्राउ

सदरलाइन संवाददाता ६ चैत्र २०७७, शुक्रबार १४:२८
 

सुर्खेत : आफु सिडिओ र प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै ठगी गर्ने पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको आग्रहमा उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाले उनीमाथि अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिरेका थिए । यो नाम गरेको गाउँपालिका नै छैन ।


प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए । ‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘जाहेरी महानगरीय अपराध महाशाखा काठमाण्डौमा परेकाले अड्डासार गरेर काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।’ सरकारी यूनिफर्म लगाएरै उनले ठग्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाण्डौ टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ ।

Next Post

बन्यजन्तुका अंगसहित बाँकेमा ३ जना पक्राउ

६ चैत्र २०७७, शुक्रबार १४:२८
कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरले दुर्लभ बन्यजन्तुका बिभिन्न अंगसहित ३ जनालाई पक्राउ गरेको छ । ईप्रका कोहलपुरबाट खटिएको प्रहरीको विशेष टोलीले बिहीबार दिउसो बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ बाट उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ब्यक्तिहरुको साथबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला १ थान, भालुको पित्त २ […]

सम्बन्धित