नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकामा ३२औँ अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ । बैजनाथ गाउँपालिकाले बाल दिवसको अवसरमा माविस्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरी मनाएको हो ।
कार्यक्रममा हिमालय विद्या निकेतन मा अध्यनरत्त करुणा विक प्रथम भइन् । उनले ३ हजार बराबरको स्टेस्नरी पुरुषकार प्राप्त गर्नि ।
दोस्रो स्थान विपि मावि प्रेमा विक भइन् । उनले २ हजार बराबरको स्टेस्नरी प्राप्त गरिन् । यसैगरी तेस्रो स्थान डाइनामिक अग्रेजी स्कुल आशा विकले हजार १ बराबरको स्टेस्नरी प्राप्त गरिन् ।
कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले बाल अधिकारका क्षेत्रमा कटिबद्ध रहेको बताए । उनले बाल अधिकारका आधारभूत आवश्यकता शिक्षा स्वास्थ्यका क्षेत्रमा गाउँपालिकाले निःशुल्क गरिएको बताए ।
सबैका लागि शिक्षा स्थानीय सरकारको मुख्य एजेण्डा रहेको कार्यक्रममा बताए । उनले यो चित्रकला प्रतियोगिता नयाँ रहेको बताउदै सृजशिन बालबालिकाहरुलाई यस्ता कार्यक्रमहरु निरन्तर दिने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी, सामाजिक विकास समिति संयोजक गुमान बहादुर दमाइ महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवलीलगायतको सहभागिता रहेको थियो ।