मोटरसाइकलको ठक्करबाट बाँकेमा एकको मृत्यु

सदरलाइन संवाददाता २ श्रावण २०७९, सोमबार १३:१९
 

नेपालगञ्ज : राप्तीसोनारी गाँउपालिका ७ निबुवाटारमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुकी भे ७ प १५२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका ५ बिनौनाका ५० वर्षीय बुचु थारुको मृत्यु भएको हो ।


गम्भीर घाइते भएका थारुको उपचारका क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक जरैयाका अन्दाजी २३ वर्षीय नवीन बुढामगर घाइते भएका छन् । नेपालगञ्जस्थित एक नर्सिङ होममा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लागुऔषध मुद्दाका फरार २ जना पक्राउ

२ श्रावण २०७९, सोमबार १३:१९
नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं.१० बस्ने २० वर्षीय सुदिप चौधरी र वडा नं.१५ बस्ने ३२ वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । सुदिप चौधरीमाथि […]