सदरलाइनडटकम,
बर्दिया : कारले मोटरसाइकललाई ठक्कर दिँदा बर्दियामा शनिवार एक जनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका ९ माछागढ चिसापानीनजिकै कारले मोटरसाइकललाई ठक्कर दिँदा बारबर्दिया नगरपालिका १० की अन्दाजी ३० वर्षीया रामकृष्णी थारुको मृत्यु मएको हो ।
मोटरसाइकल चालक सोही ठाउँको अन्दाजी २८ वर्षीय दुखराम थारु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ९ च ९२९१ नम्बरको कारले सोही दिशामा गइरहेको भे ९ प ७८१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका थारुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । कार र चालक पर्वतको मोदी गाउँपालिकाका सुनिल गुरुङ नियन्त्रणमा रहेको उनले बताए ।
