बैद्य माओवादीद्वारा बर्दियामा जग्गा कब्जा

सदरलाइन संवाददाता ३ मंसिर २०७८, शुक्रबार १६:५३
 

नेपालगञ्ज : बैद्य माओवादीले बर्दियामा जग्गा कब्जा गरेको छ । गुलरिया नगरपालिका वडा नं. १ खल्लागाउँमा रहेको नवराज अधिकारीको एक विगहा र तारा पराजुलीको एक विगहा जग्गा कब्जाको घोषणा गरेको हो ।


माओवादीले जग्गा कब्जा गरेको ब्यानर र झण्डा गाडेको छ । बैद्य माओवादीले विवादित जग्गा रहेकाले आफुले कब्जा गरेको दाबी गरेको छ । यो घटनाले माओवादीले अझै जग्गा कब्जाको नीति लिइरहेको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सातौं नेपालगञ्ज म्याराथनको उपाधि एपिएफका बोगटीलाई

३ मंसिर २०७८, शुक्रबार १६:५३
नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित सातौं नेपालगञ्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पारेका छन् । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन् । त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत रहेका छन् । उनले उक्त दुरी २ घण्टा ३३ मिनेट […]