सदरलाइनडटकम
९ माघ, नेपालगन्ज : कमैया महिलाको पहिचानको अधिकारका लागि करिब दुई दशकदेखि अभियानमा अगुवाई गर्दै आएकी बर्दियाकी कृष्णी थारु ५ नम्बर प्रदेश सभा सदस्य बनेकी छन् ।
बाल्यकालदेखि अरुको घरमा काम गर्दै आएकी कृष्णी विवाह पश्चात पनि उनी जमिन्दारको घरमा बुक्रहीको रुपमा काम गर्द थिइन । तत्कालिन सरकारले २०५७ साउन २ मा सबै बाँधा श्रमिक मुक्त भएको घोषणा भएपछि मुक्त कमैयाकी श्रीमतीको रुपमा मुक्त भएकी हुन् ।
श्रीमानसँग काम गरि रहेका सबै बुक्रहीसँगै उनी पनि मुक्त भएकी हुन् । कमैया मुक्त गर्दा सरकारले महिलालाई पहिचान नदिएको भन्दै विभेदका विरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचयपत्र, महिलाको कामको सम्मान स्वरुप समान काम गर्ने महिलालाई ज्यालामा समेत विभेद भएकोले त्यो विभेद अन्त्य गर्नु पर्छ, स्वस्थ्य उपचार, बालबालिकाको निशुल्क शिक्षा लगाएत पुनस्र्थापना हुन बाँकी मुक्त कमैयाको सम्मानजनक पुनस्र्थापना हुनु पर्ने माग गर्दै आन्दोलनको अगुवाई गर्दै आएकी थिइन ।
गत मंसिर २१ गते भएको प्रदेश सभा निर्वाचनको परिणाम अनुसार निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचत भएको प्रमाणपत्र बुझेर सपथ समेत खाई सकेकी कृष्णी नेकपा एमालेको तर्फबाट समानुपातिक प्रदेशसभा सदस्य भएकी हुन् ।
सरकारले श्रीमानसँग काम गरेका महिलालाई पहिचान र आत्म सम्मानका लागि समेत पहिचानका परिचयपत्र दिनु पर्दछ भन्दै दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमैयाको पहिचान प्राप्त महिलालाई संगठित गर्दै आएकी थिइन ।
‘मैले पार्टीले दिएको जिम्मेवारी त पुरा गर्दछु साथै मेरो महत्वपूर्ण जिम्मेवारी भित्र कमैया महिलाको पहिचान पनि हो यो सवाललाई पनि मेरो जिम्मेवारी भित्र पर्दछ’–उनले भनिन । उनी कमैया महिलाको अधिकारका लागि मात्रै हैन । अति विपन्न पछाडी परेका सबैको प्रतिनिधित्व आफुले गर्ने र विधि प्रकृया सम्बत तरिकाले समस्या समाधानका लागि अगुवाई गर्न पनि तयार रहेको बताउछिन ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2023/10/Ntc-add-1-.jpg)
साहुको ऋण र सो को व्याज तिर्न नसक्दा जमिन्दारको घरमा काम गर्न बाध्य अधिकांस थारु समुदायका मानिस बाँधा श्रमिकको रुपमा पुस्तौपुस्ता जमिनदारको घरमा काम गरिरेका वारको गुनासो रहेको छ ।‘पार्टीले व्यक्तिलाई सभासद बनाउनु पर्ने भएकोले म कृष्णी थारु यसमा चयन भए यसले समग्र कमैया महिला र मुक्त कमैयाको सम्मान हो भन्ने ठानेकी छु’– उनी भन्छिन ।