भेरी अस्पतालमा भूकम्पका ४६ घाइते उपचाररत

सदरलाइन संवाददाता २१ कार्तिक २०८०, मंगलवार १३:२२
 

नेपालगञ्ज : जाजरकोट भूकम्पमा घाइते भएका ४६ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । सोमवार आएको परकम्पमा परी घाइते भएका तीन महिने नाबालिगलाई पनि मंगलवार भेरी अस्पतालमा ल्याइएको छ । हालसम्म ४९ जना भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने दुई जना डिष्चार्ज भएका छन् ।

एक जनाको आइसियूमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको संख्या २ र सामान्य सुधारोन्मुख घाइतेको संख्या ४४ रहेको श्रेष्ठले जानकारी दिए । पछिल्लो १२ घन्टाभित्र २ जना घाइते भेरी अस्पतालमा थपिएका छन् भने दुई जना उपचारपछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ ।


आज बिहानसम्म भेरीमा २६ महिला र २० जना पुरुषको उपचार भइरहेको छ । यी मध्ये जाजरकोटका ३०, रुकुम पश्चिमका १३, बाँकेका २ र सल्यानका १ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर चौराहको ५०० मिटर वरपर गाडी रोक्न नपाईने

२१ कार्तिक २०८०, मंगलवार १३:२२
कोहलपुर (बाँके) : जथाभावी गाडी पार्किङ तथा यात्रुहरू चढाउने तथा ओराल्ने काम रोकेर कोहलपुर बसपार्कबाट मात्रै बस छुट्ने र रोकिने तथा यात्रु चढाउने र ओराल्न सरोकार वाला एक मत भएका छन् । कोहलपुर बसपार्कमा भएको सरोकार वाला कोहलपुर नगरपालिका, इलाका प्रहरी कोहलपुर, ट्राफिक प्रहरी, बसपार्क व्यवस्थापनको व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी […]