शुक्रवार सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै

सदरलाइन संवाददाता ३ मंसिर २०७८, शुक्रबार १३:०६
 

नेपालगञ्ज : आज (शुक्रवार) चन्द्र ग्रहण लाग्दैछ । यो ६ शताब्दीयताकै सबैभन्दा लामो अवधिसम्मको चन्द्र ग्रहण हो । पछिल्लो पाँच सय ८० वर्षमा पहिलो पटक यति लामो खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ ।

यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्चबिन्दुमा पुग्नेछ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुका ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।

खगोलविद्का अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।


धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्छ तर विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्छ ।

यो खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिन मात्रै लाग्छ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शुक्रवार ७ संक्रमित थपिए, ३ डिस्चार्ज

३ मंसिर २०७८, शुक्रबार १३:०६
नेपालगञ्ज : बाँकेमा शुक्रवार कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा ११६ वटा नमुना जाँच्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ५० नमुना जाँच्दा ३ जनामा, मेडिकल कलेज कोहलपुरमा ४५ नमुना जाँच्दा ४ जनामा भाइरस […]