हिरामान हरि गिरी ‘नागाबाबा’ ब्रम्हलीन

९ भाद्र २०७७, मंगलवार १८:१९
 

नेपालगञ्ज : श्री श्री श्री १००८ हिरामान हरि गिरी ‘हरि शंकर नागाबाबा’ ब्रम्हलीन भएका छन् । करीब तीन महिनादेखि बिरामी परेका ८७ वर्षीय नागा बाबाले मंगलवार दिउँसो १ बजेर १५ मिनेटमा नेपालगञ्जस्थित हनुमत गौशालामा ब्रम्हलीन भएका हुन् ।

गते जेष्ठ १५ गते उनलाई ब्रेन ह्यामरेज भएपछि उपचारकै क्रममा देहावसान भएको हो । शुरुमा ३ दिन नेपालगञ्ज मेडिकल कलेजमा राखिएपछि थप उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको थियो ।


उपचारकै क्रममा उनको किटडी, मुटु, फोक्सोमा समस्या देखिँदै गएपछि बिस्तारै शरीर शिथिल हुन थालेको थियो । उनी हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका संरक्षक रहि श्री महन्त पदमा आसीन रहेको समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार उनको पार्थिव शरीरलाई बुधवार बिहान ९ बजेसम्म गौशालामा अन्तिम दर्शनका लागि राखिने र त्यसपछि नेपालगञ्जको परिक्रमा गराई उनको बास स्थानमै समाधिस्थ गरिने छ ।

Next Post

मोहर्रम पर्व घरमै मनाउन अगुवाहरुको आग्रह

९ भाद्र २०७७, मंगलवार १८:१९
नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरुको नजिकिँदै गएको मोहर्रम अर्थात् ताजिया पर्वलाई घरमै बसेर मनाउन आग्रह गरिएको छ । कोरोना भाइरसको महामारी फैलिएकोले बाँकेका इस्लाम धर्मका अगुवाहरुले संयुक्तरुपमा मंगलवार पत्रकार सम्मेलनमार्फत मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गरेका हुन् । बाँकेमा रहेका इस्लाम धर्मावलम्बीहरुलाई नेपाल सरकारको गाईड लाईनअनुसार यसपटकको मोहर्रम पर्व घर […]

सम्बन्धित