जुनियर क्याम्ब्रिजले मनायो वार्षिक उत्सव

३० फाल्गुन २०७४, बुधबार १८:०९
 

सदरलाइनडटकम 
३० फागुन, नेपालगन्ज : नेपालगन्जमा सञ्चालन रहेको जुनियर क्याब्रिज माध्यामिक विद्यालयलले बुधबार आफ्नो वार्षिक उत्सव मनाएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले उद्दघाटन गरेको सो कार्यक्रममा विद्यालयका बालबालिकामा लुकेर रहेको प्रतिभालई प्रस्फुटन गर्ने उद्देश्यले ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम समेत आयोजना गरिएको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष जगदिश बहादुर सिंहको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उप–महानगरका प्रमुख डा. राणाले नेपालगन्जलाई शिक्षाको हव बनाउने गरी आउँदो शैक्षिक सत्रदेखि कम थालनी गरिने बताए ।
उनले निजि क्षेत्रबाट शिक्षामा भएको लगानीका कारण राज्यलाई ठूलो सहयोग भएको बताउदै निजि क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको उल्लेख गरे ।
कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष डा. राजेश केशर खनाल, नेपाल पत्रकार महासंघ बाँकेका निबर्तमान अध्यक्ष रुद्र सुवेदीलगायतले विद्यालयको प्रगतिको कामना गर्दै मन्तब्य राखेका थिए । विद्यालयकी प्रिन्सिपल अन्नपूर्ण सिंहले आगन्तुक पाहुनहरुलाई मायाको चिनो प्रदान गरेकी थिईन ।


 

Next Post

बागेश्वरी मन्दिरको खजाना खोलियो अपेक्षा गरे अनुसारको सम्पत्ति भेटिएन

३० फाल्गुन २०७४, बुधबार १८:०९
सदरलाइनडटकम ३० फागुन, नेपालगन्ज : प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको खजाना बुधबार नेपालगन्जमा खोलिदा अपेक्षा गरिए अनुसारको गरगहनाका साथै खरखजाना भेटिएन । बागेश्वरी मन्दिरमा चढाईएका भेटी गरगहना र नगद राखिएको दुई वटा तिजोरी ‘खजाना बाकस’ बुधबार सर्व पक्षिय उपस्थितिमा खोलिएको हो । खोलिएका दुई तिजोरी मध्ये एउटामा मालपोत कार्यालयका रसिदको ठेली […]