इप्रका बाँसगढीबाट बलात्कार मुद्दाका थुनुवा फरार

सदरलाइन संवाददाता १० श्रावण २०७९, मंगलवार १३:४६
 

बर्दिया : इलाका प्रहरी कार्यालय बाँसगढीको हिरासतबाट बलात्कार अभियोगमा पक्राउ परेका एक थुनुवा फरार भएका छन् ।

बलात्कारको अभियोगमा हिरासतमा रहेका थुनुवा बाँके खजुरा गाउँपालिका घर भएका अब्दुल खाँ सोमबार दिउँसोबाट फरार भएका हुन् ।

गत असार २३ गते पक्राउ परेका उनी सोमबार दिउँसो खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको प्रहरीले जनाएको छ ।

बाँसगढीकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।


किशोरीका आफन्तले बाँसगढी प्रहरीमा जबरजस्ती करणीको मुद्दा दिएपछि बाँके प्रहरीको सहयोगमा उनीलाई खजुरामा पक्राउ गरेको थियो ।

जिल्ला अदालत बर्दियामा पुनः म्याद थप गर्न ल्याउने समय प्रहरीलाई झुक्याएर फरार भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

बाँसगढी प्रहरीले उनी फरार भएको जानकारी मंगलबार मात्र दिएको हो । फरार खाँको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके निकुञ्जका ४० वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु

१० श्रावण २०७९, मंगलवार १३:४६
नेपालगञ्ज : एक बर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जका ४० वन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक बर्ष ०७८–०७९ मा विभिन्न कारणले ५१ बन्यजन्तुको मृत्यु भएकोमा ४० बन्यजन्तुको सडक दुर्घटनामा परि मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर शेरबहादुर थापाले बताए । उनले पाँच वटा चित्तलले सडक दुर्घटनामा ज्यान गुमाएको बताए […]