घोराहीमा तीन करोड लगानीमा साबुन उद्योग सञ्चालन

सदरलाइन संवाददाता २० माघ २०७९, शुक्रबार १३:२८
 

दाङ : दाङको घोराहीमा करिब तीन करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम शर्माले घोराही उपमहानगरपालिका–१६, रावत गाउँमा साबुन उद्योग सञ्चालनमा ल्याएका हुन ।

मेलिना मल्टिपल प्रालिका नाममा स्थापना भएको सो उद्योगले ‘स्मृति’ ब्रान्डमा लुगा धुने साबुन बजारमा ल्याएको छ ।

लामो समय वैदेशिक रोजगारीका क्रममा साउदी अरेयिबा र दुबईमा करिब सात वर्ष बिताएका शर्माले साबुन उद्योग सञ्चालनमा ल्याएका हुन ।


शर्माले उद्योगका लागि आवश्यक कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने बाध्यताका कारण केही समस्या भएको बताए । ‘व्यवसाय राम्रोसँग चल्यो र आम्दानी बढ्दै गयो भने उद्योगलाई विस्तार गर्दै लैजाने सोच रहेको छ,’ उनले भने।

उद्योगले दैनिक करिब एक सय कार्टोन साबुन उत्पादन गर्दै आएको छ । उद्योगमा अहिले नौ जनाले रोजगारी पाएका छन् ।

अहिले उद्योगबाट कपडा धुने साबुन मात्रै उत्पादन भइरहे पनि आगामी दिनमा नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा माझ्ने साबुनलगायतका सामान उत्पादन गर्ने उद्योगका सञ्चालक शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा रुवेला भाइरस देखियो

२० माघ २०७९, शुक्रबार १३:२८
नेपालगञ्ज : बाँकेको सँग जोडिएको छिमेकी जिल्ला बर्दियामा रुवेला भाइरसको संक्रमण देखिएको छ । बढैयाताल गाउँपालिका वडा नं. १ र २ मा रुवेला भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । वडा नं. १ कि १३ वर्षीया किशोरी र वडा नं. २ का १ वर्षीय बालकमा […]