सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु १९ घाइते

सदरलाइन संवाददाता २२ कार्तिक २०७८, सोमबार १३:५१
 


सल्यान : सल्यानको कालिमाटीबाट दाङको तुलसीपुरका लागि हिडेको भे १ ज ५३२ नंम्बरको जीप दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन् ।

सल्यान र दाङको सिमाना नजिकै पाखेखुरी खारखोला एक्लेवरमा जीप दुर्घटनामा परेको हो । सो दुर्घटनामा परी जीपका मालिक समेत रहेका कालिमाटी–३ चौडीका देवबहादुर सुनारको मृत्यु भएको छ । भने १९ जना घाइते भएका छन ।


यी मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख प्रहरी नायब निरिक्षक टीका महतराले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पौने दुईलाखको अवैध सामान बरामद

२२ कार्तिक २०७८, सोमबार १३:५१
नेपालगञ्ज : भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ । अवैधरुपमा भित्र्याइएको लत्ताकपडा, सुर्ती, सुपारीलगायतका सामान प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बरामद गरेको हो । करीब १ लाख ८४ हजार मूल्य बराबरको उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ […]

सम्बन्धित