बाँकेमा बुधवार ७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १७ कार्तिक २०७८, बुधबार १३:४८
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप ७ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ३४ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २३ नमुना परीक्षण गर्दा ६ र मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय ६ पुगेको छ ।

यस्तै बुधवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा साढे चार लाखको तम्बाखु बरामद

१७ कार्तिक २०७८, बुधबार १३:४८
नेपालगञ्ज : भारततर्फ निकासी गर्न लागिएको सुर्तिजन्य कच्चा पदार्थ बाँके प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ पिप्रहवाबाट १६ बोरा सुर्तिजन्य कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी टोलीले सुर्तिजन्य पदार्थ तम्बाखु बरामद गरेको हो । ४ लाख ५० हजार […]