बाँकेमा साढे चार लाखको तम्बाखु बरामद

सदरलाइन संवाददाता १७ कार्तिक २०७८, बुधबार १४:२४
 

नेपालगञ्ज : भारततर्फ निकासी गर्न लागिएको सुर्तिजन्य कच्चा पदार्थ बाँके प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ पिप्रहवाबाट १६ बोरा सुर्तिजन्य कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी टोलीले सुर्तिजन्य पदार्थ तम्बाखु बरामद गरेको हो ।


४ लाख ५० हजार मूल्य बराबरको उक्त तम्बाखु आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा हत्याआरोपमा चारजना जेल चलान

१७ कार्तिक २०७८, बुधबार १४:२४
बैतडी : बैतडीको सुर्नया गाउँपालिका–४ व्यापारी कमलसिंह महराको हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई कारागार चलान गरिएको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिशसिंह महरालाई कारागार चलान गरिएको हो । चारै जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय […]

सम्बन्धित