देशभर कोरोना संक्रमणको संख्या घट्दो

सदरलाइन संवाददाता २७ जेष्ठ २०७८, बिहीबार १९:४९
 


नेपालगञ्ज  : नेपालगञ्ज लागायत देशभर कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टाको अबधिमा बाँकेका ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले जनाएको छ । योसंगै नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ७ सय ४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५९ जनाको मृत्यु भएको छ ।

बाँकेका ३ वटा प्रयोगशालामा १७६ जनाको स्वाव परीक्षण गर्ने क्रममा बाँकेका ५ र बाहिरी जिल्लाका २२ जना गरी जम्मा २७ जनालाई मात्र संक्रमण देखिएको हो ।डीसीएमसी बाँकेका अनुसार बाँकेमा पछिल्लो २४ घण्टामा बाँकेमा मृत्यु हुनेको संख्या शुन्य छ भने जिल्ला बाहिरका ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लामा बिहीबार १९ जना डिस्चार्ज हुँदा जिल्ला भित्रका २ ७४ जना मात्र संक्रिय संक्रमित छन् भने जिल्ला बाहिरका १४१ जना सक्रिय संक्रमितले बाँकेमा उपचार गराईरहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ९ सय १ आरटी पिसिआर र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार २ सय ६१ जना र भेन्टिलेटरमा ३ सय ८२ जना उपचाररत छन् । मन्त्रालयका अनुसार बिहीबार देशभरबाट ५ हजार २ सय ९३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ८५.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिडेका पाँच पाईला...

२७ जेष्ठ २०७८, बिहीबार १९:४९
मोफसलमा डिजिटल पत्रिकाको प्रयोगको प्रयास गर्दै सदरलाइन डटकम सबैको र सबैभन्दा राम्रो अनलाइन समाचार पोर्टल बनाउने उद्देश्य बोकेर २०७३ जेठ २८ गतेदेखि आरम्भ गरेको यात्राले पाँच पर्ष पुरा गरी छैठौं वर्षमा लागेको छं । हामीले बिभिन्न आरोह अवरोह पारगर्दै आजदेखि पाँच बर्षको यात्रा पूरा गरेर छैठौं बर्षमा प्रवेश गरेको जानकारी […]

सम्बन्धित