आकस्मिक ५४ सवारी साधनको प्रदुषण जाँच गर्दा १६ मापदण्ड बाहिर

सदरलाइन संवाददाता १४ कार्तिक २०७८, आईतवार १२:२८
 


नेपालगञ्ज : बन तथा वातावरण मन्त्रालयको बातावरण विभागले बाँकेमा गरेको अकस्मिक सवारी प्रदुषण जाँचमा १६ वटा सवारी साधन प्रदुषण मापदण्ड बाहिर रहेको पाईएको छ । विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले आकस्मिक रुपमा करिब २ घण्टा नेपालगञ्ज–कोहलपुर सडक खण्डमा सवारी साधनहरुको प्रदुषण परीक्षण गरेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्लका अनुसार बन तथा वातावरण मन्त्रालय बातावरण विभागका मेकानिकल अधिकृत विजय अधिकारीको उपस्थितिमा डिजेल तथा पेट्रोल सवारी साधनहरुको सवारी प्रदुषण परिक्षण गरिएको हो ।


सवारी प्रदुषण परिक्षण गर्ने क्रममा २७ वटा पेट्रोल सवारी साधन परिक्षण गर्दा ३ वटा सवारी साधन प्रदुषण परिक्षणमा फेल भएको र २७ वटा डिजेल सवारी साधन परिक्षण गर्दा १३ वटा सवारी साधन प्रदुषण परीक्षणमा फेल भएको जिल्ला ट्राफिक प्रमुख मल्लले जानकारी दिए ।

उनले काठमाण्डौ उपत्यकामा प्रदुषण पास भएका साधनलाई ग्रिन स्टीकर दिने गरिएको भएपनि बाँकेमा भने त्यस्तो व्यवस्था नभएको बताए । उनले वातावरण बिभागको समन्वयमा बाँके जिल्लाका बिभिन्न स्थानहरुमा सवारी साधनको प्रदुषण परिक्षण कार्यलाई निरन्तता दिने योजना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ३ संक्रमित थपिए, ५ जना डिस्चार्ज

१४ कार्तिक २०७८, आईतवार १२:२८
नेपालगञ्ज : बाँकेमा आइतवार थप ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका दुईवटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा १६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला […]