बाँकेमा ३ संक्रमित थपिए, ५ जना डिस्चार्ज

सदरलाइन संवाददाता १४ कार्तिक २०७८, आईतवार १५:०९
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका दुईवटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा १६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

आइतवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ३ सय ९५ पुगेको छ ।


यस्तै आइतवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २१ पुगेको छ ।

अस्पतालमा ३ जना भेन्टिलेटरमा छन् भने ६ जना सिकिस्त र ६ जना मध्यम विरामी रहेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

१४ कार्तिक २०७८, आईतवार १५:०९
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैजनाथ गाउँपालिका वडा नम्बर ५ बाँकेकी ६३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३९ र बाँकेमा उपचाररत बाहिरी […]