पशुु कल्याणमा जुट्दै नेपाल प्रेस इन्स्टिच्युुट

३० कार्तिक २०७६, शनिबार १७:१२
 

सदरलाइनडटकम,
हेटौडा : बिगत लामो समयदेखि पत्रकारिताका विविध विषयमा पत्रकारहरुलाई प्रशिक्षण दिँदै आएको नेपाल प्रेस इन्स्टिच्युुटले पशुु कल्याणका बिषयमा पनि चासो देखाएको छ । पशुु कल्याणका बिषयमा चासो नदिँदा समग्र बातावरण संरक्षणमानै विभिन्न असर देखा परेपछि इन्स्टिच्युुटले चासो देखाएको इन्सिच्युुटका उपाध्यक्ष मन्टेश्वरी राजभण्डारीले बताए ।
प्रदेश ३ को राजधानी मकवानपुुरको हेटौडामा शनिवार ७ वटै प्रदेशका पत्रकारबीच दुई दिने प्रशिक्षण दिएर यस बिषयमा जानकारी गराएको नेपाल प्रेस इन्स्टिच्युुट नेपालगञ्जका संयोजक आरिफ अन्सारीले बताए । कार्यशालाको उद्घाटन प्रदेश ३ का भुमिसुधार तथा कृषि मन्त्री दावा दोर्जे लामाले गरेका थिए ।
कार्यक्रममा प्रदेश ३ सांसद मुनुु सिग्देल, मकवानपुर प्रमुुख जिल्ला अधिकारी प्रेमदास जोशी, खोज पत्रकारिता केन्द्रका अध्यक्ष तथा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्टलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली आमसञ्चारमा पशुुपंक्षीको अधिकारका बिषयमा लेखिने समाचारप्रति संवेदनशील हुनुुपर्नेमा जोड दिएका थिए ।

Next Post

प्रतिबन्धित जडीबुटीसहित बाँकेमा तीन पक्राउ

३० कार्तिक २०७६, शनिबार १७:१२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : प्रतिबन्धित पाँच ओले जडिबुटीसहित शनिवार बाँकेमा तीन जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं. ११ लोकनगरबाट ५ किलो पाँच ओले जडीबुटीसहित कालीकोट पचाल झरना गाउँपालिका ५ का ४६ वर्षीय अग्र बम, जुम्लाको हिम गाउँपालिका वडा नं. ६ बस्ने ३६ वर्षीया यमराज अधिकारी र कोहलपुर […]