सार्वजनिक शौचालयबारे राप्रपा नेपालको ध्यानाकर्षण

सदरलाइन संवाददाता २१ भाद्र २०८०, बिहीबार १५:०८
 

कोहलपुर (बाँके) : राप्रपा नेपाल कोहलपुर नगर समितिले कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यलाई एक विज्ञप्ति जारी गर्दै कोहलपुर चौराहामा रहेको सार्वजनिक शौचालयका विषयमा ध्यानाकर्षण गराएको छ ।

राप्रपा नेपालका नगर अध्यक्ष प्रमातकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोहलपुर नगरपालिकाको मुख्य आकर्षण चौराह र मुल चोकमै बाँके युनेस्को क्लवको सहयोगमा निर्मित अत्याधुनिक भनिएको शौचालयमा पानी उपलब्ध हुन नसकेको, सडकमा हिँड्ने बटुवा र यात्रुहरुलाई समेत सहज सेवा र कोहलपुर चौराहा क्षेत्र लागि दिसा–पिसाब मुक्तक्षेत्र बनाउने योजनाअनुसार लाखौंको बजेट लगानी गरी आकर्षक र व्यवस्थितरुपमा शौचालय निर्माण सम्पन्न भएको महिनौ दिन बितिसक्दा पनि पानीको व्यवस्थापन नहुँदा सर्वसाधारणले सास्ति पाएको उल्लेख गरिएको छ ।

कोहलपुर चौराहामा निर्माण गरिएको निःशुल्क सार्वजनिक शौचालय किन प्रयोगमा आउन सकिरहेको छैन् भन्दै नगर अध्यक्ष श्रेष्ठले सर्वसाधारण यात्रुहरुले शौचालय बन्द हुँदा सास्ती भोग्नु परेको उल्लेख गरेका छन् । ‘कतै निःशुल्क भएर लापरबाही भएको पो हो की, या उदघाटन गर्ने समय अभावले पानीको ब्यवस्था गर्न नसकिएको हो ! यस तर्फ ध्यानाकर्षण हुन जरुरी । तत्काल आवश्यक पानीको व्यवस्थापन गरि निःशुल्क सार्वजनिक शौचालय सडक यात्री सर्वसाधारणहरुको निम्ति प्रयोगमा ल्याउन नगर प्रमुखको ध्यानाकर्षण सहित सुझाव व्यक्त गर्दछौं’ बिज्ञप्तिमा भनिएको छ ।


निर्माण योजनामा बजेट छुट्याउन सक्ने नगरले निर्माण सम्पन्न पछि सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व पनि उत्तिकै रहने भन्दै राप्रपा नेपाल कोहलपुर नगर समितिले नगर प्रमुखको ध्यानाकर्षण गराएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परस्पुर–गौघाट सडक निर्माणमा ढिलाई

२१ भाद्र २०८०, बिहीबार १५:०८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका –२ सीतापुर जोड्ने सडक निर्माणमा ढिलाई भएको छ । निर्माण सुरु भएको करिब डेढ वर्षको अवधिमा कामले गति लिन नसकेपछि खजुरा गाउँपालिकाले सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ । डेढ वर्षको अवधिमा जानकी र खजुरा गाउँपालिकाको सीमामा एउटा कल्भर्ट र […]

सम्बन्धित