नेपालगञ्ज : बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ । नेपालगञ्जमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार जिल्लामा हालसम्म १५ हजार १ सय ६९ जनामा कोरोना पुष्टि हुँदा नेपालगञ्जमा त्यसको आधा छन् । नेपालगन्जका ८ हजार ५ सय ३७ लाई संक्रमण भएको छ ।
बाँकेमा अहिलेसम्म १२ हजार १ सय २० जना कोरोना निको भएर डिष्चार्ज हुँदा ७ हजार २ सय ६९ कोरोनामुक्त भएका छन् । नगरम हाल ११ सय ४८ जना सक्रिय संक्रमित छन् ।
नेपालगन्जपछि दोस्रो प्रभावित पालिका कोहलपुर हो । कोहलपुरमा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ४ सय ८३ जना संक्रमित हुँदा २ हजार ४ सय ३६ जना निको भएका छन् । अहिले ९९६ जना सक्रिय संक्रमित छन् ।
यस्तै क्रमशः खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका प्रभावित छन् । जानकी, डुडुवा र नरैनापुर कम प्रभावित छन् ।