बाँकेको डुडुवा बाबागाँउकी अन्नु वर्माको मृत्यु रहस्यमय बन्दै

२१ भाद्र २०७५, बिहीबार १९:२४
 

सदरलाइनडटकम, 
नेपालगन्ज  : बाँकेको डुडुवा गाउँपालिकामा एक युवतीको रहस्मय मृत्यु भएको छ । वडा नं. २ बेतहनीको बाबागाँउमा २६ वर्षीया युवती अन्नु वर्माको रहस्मय मृत्यु भएको हो ।
घर पछाडी रहेको नालीमा डुबेर मृत्यु भएकी भनिएकी वर्माको हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन् । मृतक वर्माका माइती पक्षले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आफ्नै सासुको योजनामा उनको हत्या गरिएका आरोप लगाएका हुन् ।
भदौ १० गते रक्षाबन्धन मनाउन नेपालगन्ज उपमहानगरपालिका २० मनिकापुरस्थित माईत गएकी बर्मा भदौ १४ गते घर फर्केकी थिइन् । सोही राती उनको हत्या भएको माइती पक्षको दावी छ । भदौ १५ गते विहान बर्माको घर नजिकैको नालीमा शव भेटिएको थियो ।
मृतक बर्माकी सासु धनदेई कुर्मी र सोही ठाउँ बस्ने हरिहरप्रसाद तेलीबीच रहेको अवैध सम्बन्धका बारेमा मृतकले थाहा पाएका कारण बुहारीको हत्या गरिएको मृतककी भाउजु बिन्दुकुमारी कुर्मीले दाबी गरिन् ।
भेरी अञ्चल अस्पतालको पोष्टमार्टम रिपोर्टमा पानीमा डुबेर ज्यान गएको उल्लेख भएको भन्दै माईती पक्षले पोष्टमार्टम रिपोर्टमाथि समेत प्रश्न उठाएका छन् ।
मृतकको शरीरमा नीलडाम र टाउकोमा घाउको निशान भएर रगतसमेत बग्दा प्रहरीले गम्भीरतापूर्वक नलिई आत्महत्याको केश बनाएर फायल बन्द गर्न खोजेको आफन्तको आरोप छ ।
‘सासु, देवर र उनका सहयोगी मिलेर अन्नुको हत्या गरेको र नजिकैको नालीमा लगेर फालेका हुन’–भाउजु बिन्दूले भनिन्– रक्षाबन्धन पर्व मनाएर १४ गते साँझ माईतबाट घर गएकी हुन । एक्कासी १५ गते विहान आमा मरिन भनेर ५ वर्षको भान्जाले फोनमा भनेका हुन ।’ मृतक अन्नुको माइती नेपालगन्ज उप–महानगर–२० राँझा हो । उनी माइतबाट साँझ घर पुगेको दिन नै सो घटना भएको हो ।
मृतकका आफन्तहरुले घनास्थलको अनुसन्धान नै नगरी प्रहरीले लासको मात्र मुचुल्का उठाएको आरोप समेत लगाएका छन । घरभित्र मारेर राती नै शवलाई बाहिर लगेर सानो नालीको छेउमा फालेको उनीहरुको आरोप छ ।
माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धनदेही कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरीसमेत दिएका छन् । मृतकको नालीमा डुबेर मृत्यु भएको भनिए पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेकोले हत्या नै भएको माइती पक्षको दाबी छ ।
मृतक बर्माका ५ वर्षिय छोरा छन भने श्रीमान बैदेशिक रोजगारीका लागि कुवेत गएका उनी श्रीमतीको मृत्यु भएपछि कुवेतबाट घर फर्किएर पत्नीको हत्याको बारेमा सोधखोज गर्नु भन्दा आफ्नी आमाको बचाउ गर्दै हत्यामा संलग्न नभएको दाबी गर्दै आएको दुखेसो गरिन ।
‘मृतकको टाउको तथा शरिर भरी कुटपिट भएको घाउ छ । घरभित्र कुटपिट र हत्या गरी बाहिर नालीको छेउमा ल्याएर शव फाली नालीमा डुबेर मरेको भन्ने बनाउन खोजिएको छ’– स्थानीय सत्यनारायण बर्माले भने ।
उनले शवको अवस्था हेर्दा पनि टाउकोमा काटेको घाउ भएको, घर भित्र रगत भेटिनु, हातको चुरा फुटेर छरिएको अवस्थामा पाईनुले पनि हत्या नै भएको भन्ने यथेष्ठ अधार हुँदा प्रहरीले लाशको मुचुल्का गरेर बाँकी अनुसंधान नै नगरी छाडेको आरोप समेत लगाए ।
घटना लगत्तै भदौ १७ गते तीन जनाको नाममा मृतककी भाउजुले किटानी जाहेरी दिएकाले मृतककी सासू, देवर र छिमेकी हरिहरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले किटानी जाहेरीको आधारमा मृतककी सासु, देवर र स्थानीय हरिहरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए । उनले भने–‘अन्नु बर्माको घटना प्रहरीले अनुसंधान सुरु गरेको छ । चाँडै नै नतिजा बाहिर आउने छ ।’

Next Post

अटोरिक्सा दुर्घटनामा महिलाको मृत्यु

२१ भाद्र २०७५, बिहीबार १९:२४
सदरलाइनडटकम, नेपालगन्ज : अटोरिक्सा दुर्घटना हुँदा बाँकेमा एक महिलाको मृत्यु भएको छ । नेपालगन्जदेखि खजुरा जाँदै गरेको भे १ स ५७५४ नम्बरको अटोरिक्सा शुक्रवार बिहान दुर्घटना हुँदा नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवा निवासी ६७ बर्षीया दलेखा दर्जीको मृत्यु भएको हो । धम्बोजीको खजुरा रोडस्थित कलभर्टमा अटोरिक्सा ठोक्किएरा दुर्घटना हुँदा उनको मृत्यु भएको […]

सम्बन्धित