चितुवाको छाला र हड्डीसहित बाँकेमा तीन जना पक्राउ

सदरलाइन संवाददाता १३ कार्तिक २०७८, शनिबार १२:५१
 

नेपालगञ्ज : बाँके प्रहरीले चितुवाको छाला र हड्डीसहित तीन जनालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थिति सागर गेष्ट हाउसको कोठा नम्वर २०५ बाट बाँके राप्तीसोनारी गाउँपालिका–९ ढकेरीका ३५ वर्षीय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपािलका–७ का रमेश वयक र २८ वर्षीय बसन्त विसीलाई पक्राउ गरिएको हो ।


प्रहरीले उनीहरुको साथबाट चितुवाको छाला एकथान र एक किलो ४० ग्राम हड्डी बरामद गरेको छ । चितुवाको छाला बेचबिखन र ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले शुक्रवार राती होटलमा छापा हानेको थिए ।

त्यही क्रममा उनीहरु पक्राउ परेको डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु

१३ कार्तिक २०७८, शनिबार १२:५१
डोटी : डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका–९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए । त्यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० […]