संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

सदरलाइन संवाददाता २१ भाद्र २०७८, सोमबार १२:३१
 

संखुवासभा   :  संखुवासभाको मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।


साेमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए ।

घटनाको थप विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ । न्युज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार २१ संक्रमित थपिए, ५ डिस्चार्ज

२१ भाद्र २०७८, सोमबार १२:३१
नेपालगञ्ज : बाँकेमा सोमवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १५७ नमुना परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ४ जना बालबालिका छन् । भेरीमा १९, कोहलपुर मेडिकल कलेजमा र बागेश्वरी प्रयोगशालामा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला […]

सम्बन्धित