बाँकेकी एक किशोरी बर्दियामा बलात्कृत, आरोपमा २ जना पक्राउ

सदरलाइन संवाददाता ६ श्रावण २०७९, शुक्रबार १६:१७
 

बर्दिया : बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.२ की १६ वर्षिय किशोरी बलात्कृत भएकी छन् ।

बिहीबार ति किशोरी बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.५ स्थित आफ्नो दिदीको घरमा जाने क्रममा बढैयाताल गाउँपालिकाको फुलबारी स्थित सडकमा बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा बैजनाथ गाउँपालिका वडा नं.८ गुरुदयालपुर बस्ने बर्ष ३० को राजेश मंगता र सोही ठाउँ बस्ने बर्ष अन्दाजी २० को रोहन खटिकलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।


पिडित ति किशोरीले वास्तविक नामथर थाहा नभएका अन्दाजी २४/२५ वर्षको राजेश भन्ने ब्यक्ति समेत २ जना मिली जबरजस्ती करणी गरी फरार भएको भनी बिहीबार बिहान ईलाका प्रहरी कार्यालय मैनापोखर जानकरी गराएकी थिइन ।

सोही आधारमा राजेश मंगतालाई उनको घर बाट र रोहन खटिकलाई गुलरिया नगरपालिका १२ डल्लापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दुवैलाई नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

६ श्रावण २०७९, शुक्रबार १६:१७
नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–८ बस्ने २६ वर्षीय गणेश बुढा रहेका छन् । गत चैत महिनाको ९ गते जिल्ला अदालतले बुढालाई दोषी ठहर गर्दै २३ दिन कैद फैसला सुनाएको थियो । त्यसपछि उनी फरार थिए […]

सम्बन्धित