देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल

सदरलाइन संवाददाता ७ जेष्ठ २०८०, आईतवार १४:०९
 

दाङ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताएका छन् । चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उनले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताए ।

प्रेस चौतारी दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको आरोप लगाए । उनले भने, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक, सांस्कृतिक र आर्थिक विषय ओझेलमा पारेको छ । बढ्दो आर्थिक सङ्कट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैन ।”


राजनीतिक अस्थिरता र सामाजिक अराजकतामाथि विजय हासिल गर्नेगरी कार्यक्रम आउनुपर्ने उनको भनाइ छ । “मुलुकमा आर्थिक मन्दीको अवस्था छ । व्यवसाय ठप्प छ । वित्तीय सङ्कट छ । नीति तथा कार्यक्रमले आशा जगाउन सकेन”, महासचिव पोखरेलले भने । मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक ध्रुवीकरण आवश्यक भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोर्चुगलमा सुतेकै अवस्थामा खजुराका एक युवाको मृत्यु

७ जेष्ठ २०८०, आईतवार १४:०९
नेपालगञ्ज : वैदेशिक रोजगारीका लागि आठ महिनाअघि पोर्चुगल पुगेका बाँके खजुराका एक युवाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको शुक्रवार सुतेकै अवस्थामा मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत थिए । उनी रोजगारीकै […]