गोली प्रहारबाट सुनसरीमा एकको मृत्यु, प्रहरी हवल्दार सिकिस्त

४ आश्विन २०७५, बिहीबार १३:३५
 

सदरलाइनडटकम,
सुनसरी : गोली प्रहारबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गर्दा हरिनगर गाउँपालिका २ का मौलना खुर्शीद इस्लाहीको घटनास्थलमै मृत्यु भएको छ ।
घटना थाहा पाएलगत्तै प्रहरीले हतियारधारी समूहको पिछा गर्दै जाँदा हरिनगर गाउँपालिकाको घुस्कीमा पुगेपछि उनीहरुले प्रहरीमाथि गोली प्रहार गर्दा प्रहरी हवल्दार शिवलाल पौडेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । घाइते हवल्दारको विराटनगरस्थित अस्पतालमा उपचार भईरहेको र घटनाबारे अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

Next Post

मोहरमको ताजिया आज स्थापना गरिदै

४ आश्विन २०७५, बिहीबार १३:३५
सदरलाइनडटकम  नेपालगञ्ज  : ईस्लाम धर्मावलम्वीहरुको मोहरर्म पर्व शुरु भएको छ ईस्लामी सम्वत १४४० हिजरीको पहिलो महिनाको चाँदको १ तारिकदेखि शूरु भएकोे मोहरर्म पर्व १० तारिकसम्म मनाईने गरिन्छ । मुस्लिम समुदायको पर्व भए पनि यहाँका हिन्दू ,शिख ,थारु समुदायकाले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन । ईराकको […]