बाँकेमा एकसहित थप सात जनामा कोरोना

७ असार २०७७, आईतवार १४:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो ४८ घण्टामा बाँकेमा थप १ सहित ७ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको जानकी गाउँपालिका वडा नं. ३ का ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै बर्दियाको ठाकुरबाबामा ३ जना पुरुषमा संक्रमण देखिएको छ भने रोल्पामा एक महिलासहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालले पछिल्लो ४८ घण्टामा २ सय ५० वटा नमुना परीक्षण गरिएकोमा ७ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।


Next Post

राज्यले सोती घटनामा संयुक्त दलित संघर्ष समितिले राखेको माग पुरा नगरेको गुनासो

७ असार २०७७, आईतवार १४:४३
सदरलाइनडटकम, कोहलपुर (बाँके) : सविधान सभा सदस्य तथा नेकपाका नेता दलबहादुर सुनारले रुकुमको सोती घटनाका बारेमा संयुक्त दलित संघर्ष समितिले राखेका कुनै पनि मागहरु राज्यले सम्वोधन नगरेको आरोप लगाएका छन् । आइतबार कोहलपुरमा सो घटनामा परी घाइते भएका युवाहरुको उपचार पश्चात घर फर्काउने तयारी भइरहेका बेला आयोजना गरिएको पत्रकार सम्मेलनमा […]