प्रधानाध्यापकको मृत्युपछि बिद्यार्थी आन्दोलित

सदरलाइन संवाददाता २३ फाल्गुन २०७७, आईतवार १७:२३
 

नेपालगञ्ज : टिप्परको ठक्करबाट एक जना प्रधानाध्यापकको मृत्यु भएपछि बिद्यार्थीहरु आन्दोलनमा उत्रिएका छ्न । शुक्रबार साँझ नेपालगञ्ज उपमहनगरपालिका वडा नं २२ स्थित शान्ति चोक पुरैनीमा मोटरसाईकलमा कम्दीबाट फर्कदै गर्दा टिप्परले ठक्कर दिँदा भएको दुर्घटनामा ४७ वर्षीय रामदेव मण्डलको मृत्यु भएको थियो ।

डुडुवा गाउँपालिका वडा नं ५ मिलन चोक नजिकै बाँकेमा आएदेखि नै शिक्षा क्षेत्रमा लागि साउथ प्वाइन्ट इग्लिस मिडियम स्कुलका प्रधानाध्यापक मण्डलको हत्या गर्ने चालकलाई कारबाहीको माग गर्दै बिद्यार्थी सडकमा उत्रिएका हुन् ।


उनिहरुले कम्दी चोकमा प्रदर्शन गरेका छन् । दुर्घटनामा परेका मण्डलको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार सम्भव नभएपछि लखनउ लैजाने क्रममा शुक्रबार साँझ बाटोमा नै मृत्यु भएको थियो । यस्तै दुर्घटनामा मण्डलकी १७ वर्षीया छोरी घाइते भएकी छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

ठक्कर दिने टिप्परका चालक प्रहरी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।

Next Post

प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफ र न्यु डायमण्ड विजयी

२३ फाल्गुन २०७७, आईतवार १७:२३
नेपालगञ्ज : नेपालगञ्जमा जारी प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा एपीएफले लगातार दोस्रो जीत निकाल्दा न्यु डायमण्ड पहिलो खेल जीतेको छ । पहिलो खेलमा त्रिभुवन आर्मीलाई पराजित गरेको एपीएफले आइतवार भएको दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई पराजित गरेको छ । प्रतियोगिताको सहभागी टोलीमध्ये कमजोर लुम्बिनीलाई एपीएफले सोझो सेटमा पराजित गरेको छ […]