घर चुनाव चिन्हमा लड्दै एराप्रपा र राष्ट्रिय जनमुक्ति पार्टी

३० जेष्ठ २०७४, मंगलवार १९:५१
 

सदरलाइनडटकम 
३० जेठ, नेपालगन्ज : एर्कीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र राष्ट्रिय जनमुक्ति पार्टीबीच दोस्रो चरणको निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिकाको निर्वाचनको लागि गठबन्धन भएको छ ।
एर्कीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी बाँकेका अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णप्रसाद खरेल र राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष बलबहादुर रानाले सामुहिक हस्ताक्षर गरि निर्वाचनका लागि तालमेल भएको सार्बजनिक गरेका हुन् ।
बुधबार एकीकृत राप्रपा पार्टी राष्ट्रवादीको कार्यालयमा भएको एक कार्यक्रममा तालमेल संगै मेयर पदमा सर्वसम्मतीका साथ खरेललाई नै उम्मेदवार बनाउने निर्णय समेत गरिएको छ । एराप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य तेज नारायण कंडलले चुनावी तालमेल अनुसार चुनाव चिन्ह घर भए अनुसार अब सबै सक्रिय पुर्वक निर्वाचनमा लाग्न आग्रह गरेका छन् ।
साथै राष्ट्रिय जनमुक्ति पाटीको चुनाव चिन्ह ‘घर’लाई दुबै पार्टीले प्रयोग गर्नुका साथै आपसी समझदारीमा निर्वाचनमा अगाडि बढ्ने निर्णय गरिएको छ । एर्कीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र मधेशी जनअधिकार फोरमबीच सहमतीमा नेपालगन्ज उप–महानगरपालिका वडा नं. १० को लागि गठबन्धन गरी वडा अध्यक्षमा पत्रकार उदय सिंह श्रेष्ठलाई दुई हात जोडेको नमस्कार चुनाव चिन्ह प्रयोग गर्ने गरी उम्मेदवारी दिने निर्णय गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आन्दोलनमा सवारी चलाएको भन्दै काँग्रेसका मेयरको गाडि तोडफोेड नेता रौनियार प्रहरी नियन्त्रणमा

३० जेष्ठ २०७४, मंगलवार १९:५१
सदरलाइनडटकम ३० जेठ, नेपालगन्ज : दोस्रो चरणको निर्वाचनमा भाग नलिने भन्दै आन्दोलनमा उत्रिएको राजपा नेपालको बन्दको असर नेपालगन्जमा देखिएको छ । आन्दोलनकारीले नेपालगन्जको विभिन्न भागमा पुगेर सवारीका साधनलाई अबरोध पु¥याएका थिए । आन्दोलनकारीले नेपाली कांग्रेसबाट नेपालगन्ज उप–महानगरपालिकाकाको मेयर पदका उम्मेदवार डा. सुरेशकुमार कनोडियाका गाडीमा तोडफोड गरेका छन् । प्रचार प्रसारका […]