खजुरा–२ मा प्रभाव बढाउँदै एमाले उम्मेदवार खत्री

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार १०:२६
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका एमालेका वडा नम्बर २ को वडा अध्यक्ष पदका उम्मेदवार समरबहादुर खत्रीले आफ्नो सक्रियता बढाउँदै लगेका छन । अध्यक्ष तथा सदस्य पदका उम्मेदवार आफ्ना समर्थकहरु सहित हरेक घरमा आफ्ना योजना तथा प्रतिवद्धता लिएर पुगिसकेका छन ।

गाउँटोल देखिबजार चोकसम्म घरदैलो अभियान सकिएको अध्यक्ष पदका उम्मेदवार खत्रीले जनाए । घरदैलो अभियानका क्रममा मतदाताले मिश्रित प्रतिक्रिया दिएको खत्रिले बताए । ‘जनताको अपेक्षा बढेको छ’– उनले भने–‘जनताको अपेक्षा अनुसार हामिले प्रतिवद्धता पत्र बनाएरै घर घरमा पुगिरहेकोले समर्थन पनि सोहि अनुसार प्राप्त भएको छ । म लगाएत मेरो टिमलाई जनताले विस्वास गरेकाले बहुमत पाउनेमा ढुक्क छु ।’


एमालेलाई जनताले पहिले पनि विस्वास गरेकै हो र अहिले पनि जनताको साथ समर्थन उत्तिकै रहेको पाइएको एमाले खजुरा कमिटीका अध्यक्ष गेहेन्द्र धितालले बताए । धितालले २०७४ सालमा भन्दा पनि यस पटक जनताको लहर एमाले प्रति बढेको दाबी गरे । गठबन्धनलाई तोडेर हाम्रा उम्मेदवारले विजय हासिल गर्नेमा कुनै दुईमत नभएको अध्यक्ष धितालले बताए ।

सो वडामा गठबन्धनका तर्फबाट धनिराम वली अध्यक्षमा उम्मेदवारी दिएका छन । खजुरा गाउँपालिकाको वडा नम्बर २ मा अन्य वडाको भन्दा धेरै मतदाता संख्या रहेकाले पालिका अध्यक्षको लागि पनि उक्त वडाका जनताको मत विशेष रहने सम्बद्धहरु बताउछन ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदारले विजयी हासिल गरेका थिए । समर खत्री विभिन्न सामाजिक कार्यमा समेत अग्रसर हुदै आएकाले उनको सम्भावना रहेको स्थानीयहरु बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हावाहुरीबाट पीडितसंग मेयरका उमेदवार भुसाल

२२ बैशाख २०७९, बिहीबार १०:२६
कोहलपुर (बाँके) : आगामी बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिका एमालेका मेयरका उमेदवार खिलप्रसाद भुसाल बितेको राति आएको हावाहुरीले क्षेती पुर्याएका जनताविच पुगेका छन । गए राति हावाहुरी सहित आएको वर्षातले क्षती पुर्याएका कोहलपुर वडा न १२ स्थित सुन्दरवस्तिका परिमल चनारा र लालबहादुर बुढाथोकी वर्दहवाका भुनेश्वर […]

सम्बन्धित

ताजा अपडेट