कोरोनाबाट बाँकेमा थप ४ जनाको मृत्यु

सदरलाइन संवाददाता १९ बैशाख २०७८, आईतवार १२:०२
 

नेपालगञ्ज : बाँकेमा थप ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बर्दिया राजापुर २ का २७ बर्षीय पुरुषको शनिबार साँझ साढे ५ मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

त्यस्तै सोही दिन साँझ ६ बजेर १५ मिनेटमा खजुरा ३ बाँकेका ५५ बर्षीय पुरुषको जनक शिक्षा सामाग्री आइसोलेसन केन्द्रमा मृत्यु भएको ओलीले बताए ।


यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बैजनाथ २ बाँकेका ४० बर्षीय पुरुषको उपचारका क्रममा शुक्रवार साँझ ६ बजे मृत्यु भएको हो ।

यता नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत कोहलपुर ११ की ४० बर्षीया महिलाको शनिवार राती ८ बजे मृत्यु भएको छ ।

योसँगै हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३ र बाहिरी जिल्लाको ११९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका दुई संक्रमित महिलाको मृत्यु

१९ बैशाख २०७८, आईतवार १२:०२
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेका थप दुई जनाको मृत्यु भएको छ । बाँके कोहलपुर वडा नं. २ की ६९ बर्षीया महिला र बैजनाथ गाउँपालिका वडा नं. ७ की ५८ वर्षीया महिलाको आइतवार मृत्यु भएको हो । कोहलपुरकी महिला होम आइसोलेशनमा बसेकी थिइन् भने बैजनाथकी महिला नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु […]