बाँकेका इटा उद्योगमा बालश्रमको प्रयोग नगर्ने प्रतिबद्धता

सदरलाइन संवाददाता ५ कार्तिक २०७८, शुक्रबार १४:१५
 

नेपालगञ्ज : बाँकेका इटा उद्योगले आफ्नो उद्योगमा मजदुरका रुपमा बालबालिकालाई प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन् । बालश्रम विरुद्ध सचेतनाका लागि नेपालगञ्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा इटा उद्योगी व्यवसायीहरुले सो प्रतिवद्धता जनाएका हुन् ।

बाँके युनेस्को क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालित सक्रिय परियोजना अन्तर्गत आयोजित सो कार्यक्रमा बोल्दै ईट्टा व्यवसायीसंघका अध्यक्ष देवबहादुर ओलीले अबदेखि कुनै पनि ईट्टा उद्योगले बालश्रमिक नराख्ने र त्यसका लागि नियमित अनुगमन समेत गरिने व्यवस्था मिलाइने बताए । उनले जिल्लाभरका सबै ईट्टा उद्योगीहरुलाई सो कुरामा सचेत गराईने जानकारी दिए ।


उद्योगमा काम गर्ने भारतीय मजदुरका छोराछोरीलाई पनि उनीहरुले बुझ्ने भाषामा शिक्षाको व्यवस्था मिलाउन पहल गर्ने ईट्टा व्यवसायी संघ बाँकेका वरिष्ठ उपाध्यक्ष सत्तार खाँले जानकारी दिए । व्यावसायीहरुले बालश्रमिक नराख्ने र उद्योगमा काम गर्ने मजदुरका छोराछोरीलाई शिक्षाको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली शिद्विकीले जानकारी दिए ।

कार्यक्रममा संघका उपाध्यक्ष रामचन्द्र शाह, महासचिव केशवराज भण्डारी र कोषाध्यक्ष विजय बहादुर शाह लगायत कार्यसमितिका सदस्य तथा अन्य उद्योगीहरुको पनि सहभागिता रहेको थियो । ईट्टा उद्योगमा काम गर्ने बालश्रमिकको न्युनिकरण तथा उनिहरुको शिक्षा पोषण लगायतका विषयमा छलफल गर्न आयोजना गरिएको कार्यक्रमलाई बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपाली र सक्रिय परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत साजिद अली सिद्दिकीले सहजीकरण गरेका थिए ।

बाँके जिल्लामा रहेका अधिकांश इट्टा उद्योगमा बालश्रमिक राखिने गरिएको पाईएकोले सो न्युनिकरण गर्ने लगायत अन्य क्षेत्रमा व्याप्त रहेको बालश्रमलाई समाप्त गर्ने उदेश्यले क्लबले सक्रिय परियोजना सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शुक्रवार थप ७ जनामा कोरोना पुष्टि

५ कार्तिक २०७८, शुक्रबार १४:१५
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १११ नमुना परीक्षण गर्दा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५२ नमुना परीक्षण गर्दा ५, मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्यावमा ३३ नमुना परीक्षण गर्दा […]