सदरलाइनडटकम,
अछाम : शंकास्पद अवस्थामा मृत भेटिएका अछामको पन्चदेवल नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको शव उठाउने सहमति भएको छ । नगरकार्यपालिकाको बैठकले घटनाको सत्यतथ्य छानविनमा सहयोग, मृतकका सन्ततिको शिक्षादिक्षा तथा राहतका लागि केन्द्र सरकारसँग माग गर्नेलगायत निर्णय गरेपछि शव उठाउने सहमति भएको हो ।
अनुसन्धान नटुगिँदासम्म वडा र नगरका सम्पूर्ण सरकारी काम काज बन्द गर्ने, बिनायक बजारमा धामीको शालिक स्थापना गर्ने, मृतकका ३ सन्तानलाई १२ कक्षासम्म नगरपालिकाले अध्यापन गराउने निर्णय गरेको मेयर देवराज देवकोटाले जानकारी दिए ।
नगरपालिकाको उक्त निर्णयपछि शवको पोष्र्टमाटम गर्न पीडित परिवार सहमत भएका छन् । धामीको शव मंगलवार बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा फेला परेको थियो ।
