सदरलाइनडटकम,
कपिलवस्तु : कपिलवस्तुमा एकजना प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय पिपराको हिरासतकक्षमा वाणगंगा नगरपालिका–८ का एकजनाले आत्महत्या गरेका हुन् ।
छोरीलाई बलात्कार गरेको आरोपमा प्रकाउ परेका अभियुक्तले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बुधवार राती प्रहरी कार्यालयको शौचालयको भेन्टीलेटरमा तन्ना प्रयोग गरेर आत्महत्या गरेका हुन् । कोरना भाइरसको सन्त्रासका बीच प्रहरी डिउटीमा खटिएका बेला अभियुक्तले आत्महत्या गरेको प्रहरी निरीक्षक आयुसप्रसाद जोशीले जानकारी दिए ।
