बाँके युनेस्कोद्वारा गेरुवाका बाढी पीडितलाई राहात

सदरलाइन संवाददाता ५ कार्तिक २०७८, शुक्रबार ११:४८
 


बर्दिया  : बाँके युनेस्को क्लबले आफ्नो आन्तरिक श्रोतबाट बैमौसमी वर्षाका कारण आएको बाढीबाट अति प्रभावित भएका बर्दिया गेरुवाका स्थानीयका लागि राहात हस्तान्त्रण गरेको छ ।

लागतारको वर्षापछि आएको बाढीले बर्दियाको गेरुवामा अति प्रभाव पारेकोले बाढीपिडितलाई तत्कालका लागि तयारी खाने कुराको अभाव नहोस भन्ने उदेश्यले सो राहात प्रदान गरिएको बाँके युनेस्को क्लवका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिए ।

उनले क्लवको आफ्नो कोषबाट गेरुवाका बाढीपिडितलाई तयारी खानेकुराको राहात जिल्ला विपद व्यवस्थापन समिति बर्दियामार्फत उपलब्ध गराएको बताए ।


जिल्ला प्रशासन कार्यालय बर्दियामा आयोजित एक कार्यक्रमका विच सो राहात सामाग्री क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मालाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएका सामाग्रीहरुमा ५ सय केजी चिउरा, ५० कार्टुन मिनरल वाटर, २ बोरा नमकीन र २० कार्टुन चाउचाउ रहेका छन् ।
राहात सामाग्री बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले क्लबले गरेको सहयोगको सराहना गर्दै यसबाट बाढीपिडितलाई केहीहदसम्म राहात पुग्ने विश्वास व्यक्त गरे ।

क्लबका अध्यक्ष चौधरीले विभिन्न विपदका बेला क्लबले आफ्नै श्रोतबाट भए पनि पीडितलाई सहयोग गर्दै आएको बताउदै क्लबले बर्दियाका विभिन्न पालिकाहरुमा बाल संरक्षण तथा कोभिड प्रभावितलाई लक्षित गरेर कार्यक्रमहर सञ्चालन गरिरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका इटा उद्योगमा बालश्रमको प्रयोग नगर्ने प्रतिबद्धता

५ कार्तिक २०७८, शुक्रबार ११:४८
नेपालगञ्ज : बाँकेका इटा उद्योगले आफ्नो उद्योगमा मजदुरका रुपमा बालबालिकालाई प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन् । बालश्रम विरुद्ध सचेतनाका लागि नेपालगञ्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा इटा उद्योगी व्यवसायीहरुले सो प्रतिवद्धता जनाएका हुन् । बाँके युनेस्को क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालित सक्रिय परियोजना अन्तर्गत आयोजित सो कार्यक्रमा बोल्दै ईट्टा व्यवसायीसंघका अध्यक्ष […]

ताजा अपडेट