बाँकेमा लागु औषध कारोवारीको विगविगि

लक्ष्मी तिमिल्सेना २४ चैत्र २०८१, आईतवार १०:४२
 

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक बर्षमा २ सय ६४ जना लागु औषध कारोवारी विरुद्व मुद्दा अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक याम बहादुर मल्लका अनुसार २ सय ६४ जना लागु औषध कारोवारी मध्ये नेपाली पुरुष २ सय ४५ जना, भारतिय पुरुष १२ जना तथा नेपाली महिला ७ जना छन् ।

चालु आर्थिक बर्षको हालसम्म यसको ग्राफ बढेर २ सय ३९ जना पुगि सकेका छन् । जसमा २ सय १४ जना नेपाली पुरुष, ८ जना भारतिय पुरुष तथा नेपाली महिला १७ जना छन् । उनिहरु विरुद्व जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध कारोवार मुद्दा चलाएको अवस्था छ । यस आर्थिक वर्षको अन्त्य सम्ममा यो संख्या अँझ बढ्न सक्ने प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालय बाँकेले ९ सय ९५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । तर चालु आर्थिक वर्षको अहिलेसम्म भने २ केजी ४ ग्राम ८ सय ८३ मिलिग्राम ब्राउन सुगर बरामद गरिसकेको छ ।

ब्राउन सुगरको कारोवार बढेपनि चरेसको कारोबार भने केहि घटेको छ । गत आर्थिक वर्षमा १६ केजी चरेस बरामद गरेको बाँके प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म भने ४ केजी मात्रै चरेस बरामद गरेको छ ।

यस आर्थिक वर्षको हालसम्म अफिम भने कत्ति पनि बरामत भएको छैन । यद्यपी गत आर्थिक वर्षमा १५ केजी अफिम बरामत भएको थियो ।


अघिल्लो आर्थिक बर्षमा ५ केजी ८ सय ६८ ग्राम गाँजा बरामद गरेको बाँके प्रहरीले यस वर्ष २ केजी २ सय ५० ग्राम मात्रै बरामद गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कोरेक्स ३ लिटर ३ सय मिलिलिटर बरामद भएको बाँके जिल्लामा यस वर्ष भने देखिएको छैन ।

नाइट्रोजेपाम गत आर्थिक वर्षमा ८ सय १२ ट्याब्लेट बरामद भएकोमा यस आर्थिक वर्षमा ३ हजार ४ सय ६२ बरामद भएको छ ।

ट्रामाडोल गत आर्थिक वर्षमा बरामद भएको थिएन भने अहिलेसम्म ५ हजार ट्याब्लेट बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक मल्लले बताए ।

विभिन्न प्रकारका लागू औषधहरूको अवैध कारोबार भइरहेको अवस्था बारे जानकारी दिँदै प्रहरी निरिक्षक मल्लले यस्ता कारोबारीहरूलाई सूचनाका आधारमा र लागू औषध नियन्त्रण ब्युरोको अनुसन्धानका आधारमा पक्राउ गरी मुद्दा अगाडि बढाउने गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको बागेश्वरी मन्दिरमा डेढ सयबढीले त्रिशुलले जिब्रो छेडेर गरे दर्शन

२४ चैत्र २०८१, आईतवार १०:४२
  नेपालगञ्ज :  हिन्दू धर्मावलम्बीहरुको चैतेदशैको नवमीको दिनमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा त्रिशुलले जिब्रो छेडेर माता बागेश्वरीको पूजा गर्ने परम्परा परापूर्वकालदेखि चलि आएको छ । यो परम्परा अनुसार चैतेदशै र बडादशैको नवमीको दिनमा ठूलो संख्यामा जिब्रो छेडेर वाक्यकी देवी बागेश्वरीमाताको दर्शन गर्नेको […]