अग्रज योग प्रशिक्षकहरुलाई नेपालगञ्जमा सम्मान

सदरलाइन संवाददाता ६ श्रावण २०८०, शनिबार १४:२५
 

नेपालगञ्ज : योग समिति नेपालको योग प्रशिक्षक चौथो व्याच (२०७९) ले आफू भन्दा अग्रज प्रशिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने कार्य निकै भव्य र सभ्य रूपमा सम्पन्न गरिएको ।

नेपालगञ्ज –१०, गोसाईगाउँस्थित योग केन्द्रमा आयोजित उक्त कार्यक्रममा योग गुरू गिरिराज भट्टराई, गुरूआमा मन्दरा शर्मा, योग समिति नेपालका सल्लाहकार नन्द लाल वैश्य, आजिवन सदस्य निल बहादुर शाक्यलाई सम्मानका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

त्यसै गरी योग समिति नेपालका केन्द्रिय पदाधिकारी, पूर्व पदाधिकारी, प्रथम, दोश्रो तथा तेश्रो व्याचका योग प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो । सम्मान गर्ने क्रममा चौथो व्याचको तालिम अवधिमा तालिम प्रदान गर्ने चिकित्सकद्वय डा. दिनेश कुमार चौधरी र डा. प्रविण गुप्तालाई समेत सम्मान गरिएको थियो ।


चौथो व्याचका प्रशिक्षक प्रेम केसीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमलाई प्रमुख अतिथि योग गुरू गिरिराज भट्टराई ज्यूले पानसमा बत्ती बालि उदघाटन गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षक अनिता श्रेष्ठले स्वागत गरेकी थिइन् भने कार्यक्रममाथि प्रशिक्षक पुरूषोत्तम खनालले प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा तेश्रो व्याचको योग प्रशिक्षक कोपिला संग्रौलाले योग सम्बन्धि आफ्नो अनुभव राख्नु भएको थियो भने प्रशिक्षकद्वय तारा रोकाया र पुष्पा ज्ञवाली खनालले गित तथा कविताले मनोरञ्जन दिएका थिए । कार्यक्रममा सल्लाहकार नन्दलाल वैश्य, उपाध्यक्ष लोकमाया सुवेदी, सदस्य झवि शर्मा तथा प्रशिक्षक अरूण सिंहले आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा योग प्रशिक्षक चौथो व्याचको समूहगत फोटो केन्द्रिय अध्यक्षलाई हस्तान्तरण गरिएको थियो भने चौथो व्याचका प्रत्येक प्रशिक्षकलाई योग गुरूबाट समूहगत फोटो वितरण गरिएको थियो । कार्यक्रमलाई प्रशिक्षकद्वय श्यामकुमार अधिकारी र तारा रोकायाले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथद्वारा पशुपंक्षी पालकलाई २५ लाख रुपैयाँ सहयोग

६ श्रावण २०८०, शनिबार १४:२५
बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत पशुपंक्षी पालक व्यवसायीहरूलाई नगद सहयोग गरेको छ । बैजनाथ गाउँपालिमा दर्ता भएका पशुपंक्षी पालक किसानहरुलाई ७० प्रतिशत अनुदान अन्तर्गत पालिकाका ८ वटै वडाका ३१ जना किसानलाई गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले जनही ८३ हजार १ सय ७७ रुपैयाँ गरी २५ […]