जङ्गलको आगोका कारण २० घरगोठ जले, दुई जना घाइते

सदरलाइन संवाददाता ८ जेष्ठ २०८०, सोमबार १५:३८
 

प्युठान : प्युठानको स्वर्गद्वारी नगरपालिका –२ धनवाङमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा २० घरगोठ जलेर नष्ट भएका छन् ।

आइतवार राती स्थानीय प्रगतिशील सामुदायिक वनबाट शुरु भएको आगलागी बस्तीमा पुग्दा १० घर र १० गोठ जलेर नष्ट हुनुका साथै दुई जना व्यक्ति घाइते भएको वडा अध्यक्ष बुद्धिराम पुनले जानकारी दिए ।

आगोलागि हुँदा घरमै सुतिरहेका स्थानीयवासी ७६ वर्षीय दूरबहादुर कामी र ६३ वर्षीय पिमा परियार घाइते भएको प्रहरीले जनाएको छ ।


आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट घर तथा गोठ जलेर ठुलो क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । यस्तै, ठुलो क्षेत्रफलको जङ्गल पनि जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मीसहितको सरकारी अधिकारीको टोली घटनास्थल पुगेर उद्धारको काम गरेको छ भने जिल्लास्तरबाट राहत पुर्याउने तयारी समेत भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्याम्पसका उपप्राध्यापक बालात्कार अभियोगमा पक्राउ

८ जेष्ठ २०८०, सोमबार १५:३८
दाङ : दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम बालात्कार मुद्दा परेपछि पक्राउ परेका छन् । एक जना २२ बर्षीया छात्राले गौतमले आफुलाई जागिरको प्रलोभनमा घरमा बोलाएर आइतबार दिउँसो बलात्कार गरेको किटानी जाहेरी दिएपछि क्याम्पसका पूर्व प्रमुखसमेत रहेका गौतमलाई प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको थियो । पीडितको उजुरीको आधारमा क्याम्पस […]