सत्तारुढ दल नेकपाको वैधानिकता कायम

९ कार्तिक २०७५, शुक्रबार १७:४९
 

सदरलाइनडटकम,
काठमाण्डौ : निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको नामलाई वैधानिकता दिएको छ । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो ।
कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रवार दुई दलको फरक–फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो ।
फैसलाअघि दुबै नेकपाका प्रतिनिधिसँग आयोगले गत वुधवार छलफल गरेको थियो । आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अलग–अलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको हो ।

Next Post

विभिन्न ठाउँबाट चौध जुवाडे पक्राउ

९ कार्तिक २०७५, शुक्रबार १७:४९
सदरलाइनडटकम, नेपालगञ्ज : विभिन्न ठाउँबाट प्रहरीले १४ जना जुवाडेलाई पक्राउ गरेको छ । डोटीको सदरमुकाम सिलगढीमा बिहीवार राति जुवा खेलिरहेका सातजना जुवाडेलाई पक्राउ गरेको छ । दिपायल सिलगढी नगरपालिका ६ बस्ने ३३ वर्षीय गणेश श्रेष्ठ, वडा नं. ६ बस्ने ४० वर्षका किरण श्रेष्ठ, ५१ वर्षीय हरिहर केसी, २८ वर्षका गणेश कठायत, […]

सम्बन्धित