आर्थिक अभावमा उपचार पाउन नसकेकी गर्भवतीको उद्दार गरी काठमाण्डौ पठाईयो, उचारमा सहयोगी हातहरुको खोजी

२८ आश्विन २०७३, शुक्रबार १४:३८
 

उसो त बाँकेमा आमा सुरक्षा कार्याक्रमको लागि करोडौ रुपैयाँको विभिन्न परियोजनाहरु सञ्चालनमा आएका छन् । ती परीयोजनाहरु केवल कागज मै मात्र सिमित भएको प्रत्यक्ष उदाहरण हो १० दिनदेखि रगतको आहालमा डुब्दा समेत उनको उपचारको लागि कसैले चासो नदिनु ।

सदरलाइनडटकम,    14708362_1401225813239917_9016653164636837242_n
२८ असोज, नेपालगन्ज: आर्थिक अभावले घरमै थला परेकी बाँके मनिकापुर–४ हालको नेपालगन्ज–२६ नयाँबस्ती थपुवाकी गर्भवती किशोरीको उपचारको काठमाण्डौ पठाईएकोे छ ।  बाँके मनिकापुर–४ नयाँवस्तीकी गर्भवती पार्वती बिक थापा आर्थिक अवस्था नाजुक भएको अवस्थामा अत्यधिक रक्तश्राव भई घरमै रहेको अवस्थामा उनको उद्दार गरी शुक्रबार बेलुकी बुद्धएयरको उडानबाट काठमाण्डौ पु¥याएको हो ।
उसो त बाँकेमा आमा सुरक्षा कार्याक्रमको लागि करोडौ रुपैयाँको विभिन्न परियोजनाहरु सञ्चालनमा आएका छन् । ती परीयोजनाहरु केवल कागज मै मात्र सिमित भएको प्रत्यक्ष उदाहरण हो १० दिनदेखि रगतको आहालमा डुब्दा समेत उनको उपचारको लागि कसैले चासो नदिनु ।
माईतीमा आमाबुवा समेत नभएकी पार्वतीको पालनपोषण हजुरआमाले गरेकी थिईन । स्थानीय दिपेन्द्र थापासंग प्रेममा परेर अन्तरजातिय विवाह गरेकी उनी ६ महिनाको गर्भवती अवस्थामै विगत १० दिनदेखि रक्तश्रावको समस्या देखिएपछि समस्या सुरु भएको हो । उनको दिसा–पिसावदेखि वान्ता गर्दासमेत रगत बगिरहेको छ ।

14650539_1401437813218717_1539639073231877021_n
उपचारका लागि उनलाई भेरी अञ्चल अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि उपचारको लागि काठमाडौँस्थित वीर अस्पताल रेफर गरिएको थियो ।
आर्थिक अवस्था नाजुक भएको र घरपरिवारले समेत वास्ता नगर्दा अत्याधिक रक्तश्रावका कारण पेटमा रहेको बच्चासमेत चल्न बन्द भएको डाक्टरहरुले बताएका छन् ।
नेपाल प्रेस सेन्टरकी उपाध्यक्ष लक्ष्मी पुन आफन्तको विबाहमा बिहीबार नयाँबस्ती पुगेको अवस्थामा स्थानीयले पार्वतीको उपचारको लागि घर–घरबाट आर्थिक सहयोग उठाउन आएपछि उनले पनि सुरुमा ५ सय दिएर पठाएको बताईन ।
उनले भनिन–‘एउटा विरामीलाई उपचारको लागि सहयोग माग्न आएका हौ भने पछि ५ सय दिए तर,पछि सोधखोज गर्दै गर्दा घरमै पुगेर विरामीको अवस्था हेर्दा उपचारको लागि आफै पहल गर्न लागे ।’ उनले पार्वतीको जीवन रक्षाको लागि तत्कालै पहल सुरु गरेको भए पनि दशैको कारण समयमा कतैबाट रेस्पोन्स नआएको बताईन ।
उनले भनिन–‘म आज विहान ५ बजे विरामी हेर्न पार्वतीको घरमा गएको थिए हेर्दा उनी रगतमा आहाल बसेजस्तो थियो । मन थाम्न नसकेर प्रधानमन्त्रीको कार्यालयका रामदेव आचार्यलाई उनको उद्दारका लागि पहल गर्न आग्रह गरे ।’ उनले काठमाण्डौमा समयमा उपचार नपाए उनको अवस्था झनै नाजुक हुने भएको भन्दै तत्काल उपचारको पहल गरिदिन सबैलाई आग्रहसमेत गरेकी छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले पार्वती र उनका पतिको लागि काठमाण्डौ जाने हवाई टिकट मिलाई दिएपनि बिहीबार बिहानै काठमाण्डौ पठाउने तरखर गर्दागर्दै विरामी लिएर एयरपोर्टको मुख्य ढोेकामा पुग्दा नपुग्दै विहानको जाहाज उडेको कारण साँझको ५ः ३० बुद्ध एयरबाट काठमाण्डौ पठाईएको छ ।


14702468_1401437846552047_7950231091033049097_n
‘अन्तरजातिय विवाह गरेको भन्दै पार्वती र दिपेन्द्रलाई घरमा स्वीकार नगरेको र उनीहरुको साँझ विहानको समेत समस्या भएको कारणले अत्याधिक रक्तश्राव हुँदापनि घरमै कष्ट सहेर बस्न बाध्य रहेको अवस्थामा भेटेकी थिए’–लक्ष्मीले भनिन् । बाँकेका प्रहरी प्रमुख टेकप्रासद राई घटनाको बारेमा जानकारी पाउने वित्तिकै आफै विमानस्थल पुगेर आवश्यक कागजपत्र बनाईदिन र विरामीको हेरचाहमा लागेको उनले बताईन ।
पार्वतीलाई शुक्रबार साँझ ५ः३० को बुद्ध एयरको जाहाजबाट काठमाण्डौ पठाईएको छ । काठमाण्डौमा पार्वतीको उपचारको लागि आर्थिक अभावका कारण उपचारमा अप्ठ्यारो हुने भन्दै उनका पती दिपेन्द्रले सहयोगको अपिल गरेका छन् ।
उनले गाउमा अलि–अली गरी जम्मा पारेको २–४ हजार भन्दा उनीसंग केही नभएकोले उनी सहयोगी हात र दयालु मनको खोजिमा छन् ।यदी पार्वतीलाई सहयोग गर्न चाहनुहुन्छ भने उनको पतिलाई सम्पर्क गर्न सक्नुहुनेछ । उनको मोबाइल नम्बर ९८१६५६२२४७ रहेको छ । फोटो : लक्ष्मी पुनको फेशबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाण्डौका अस्पतालमा रेफरै रेफर गर्दा गयो पार्वतीको ज्यान

२८ आश्विन २०७३, शुक्रबार १४:३८
उपचारको खर्च १७ हजार नदिएसम्म अस्पतालले शव नदिदा दिनभर अस्पतालमै शव, काठमाण्डौका उज्ज्वल थापालगायतको सहयोगले शव ल्याईयो गृह जिल्ला सदरलाइनडटकम,   ३० असोज,नेपालगन्ज : आर्थिक अभावले घरमै थला परेकी बाँके मनिकापुर–४ हालको नेपालगन्ज–२६ नयाँबस्ती थपुवाकी गर्भवती किशोरीलाई उपचारको लागि काठमाण्डौ पठाईए पनि काठमाण्डौमा रेफरै रेफरका कारण उनको मृत्यु भएको छ । बाँके […]