मुगु बस दुर्घटनामा मृतकको संख्या २६ पुग्यो

सदरलाइन संवाददाता २६ आश्विन २०७८, मंगलवार १६:२१
 

नेपालगञ्ज : मुगुको छायानाथ रारा नगरपालिका–७ पर्चानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा रहेका रारा मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहानीले अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको जानकारी दिए ।

दुई जनाको उपचाकाका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताए । साहानीका अनुसार मृत्यु हुनेमा बसका चालक दलबहादुर रावल, सन्तोष बितालु, नविन बुढालगायत छन् । मृत्यु हुनेमा आठ–दश वर्षको एक बालक छन् भने अधिकांश विद्यार्थी रहेको उनले जानकारी दिए ।

‘मृत्यु हुने अधिकांश काठमाडौं, नेपालगञ्ज र सुर्खेतमा अध्ययनरत विदार्थी छन, साहानीले भने, ‘दशैँ मनाउँन घर आउने क्रममा अधिकांश विद्यार्थीले ज्यान गुमाएका छन् ।’ उकालो मोडमा बसको अगाडिको टायर पञ्चर भएर बस दुर्घटना भएको उनले बताए ।


‘ज्यान गुमाउने सबै स्थानीय छन्, आफन्तहरू जम्मा भएर सनाखत गर्ने काम भइरहेको छ’ साहानीले भने, ‘आफन्तहरूको भीडले गर्दा सनाखत गर्नै मुस्किल छ ।’

साहानीका अनुसार बस करिब पाँच सय मिटर तल खोलामा खसेको छ । बस टुक्राटुक्रा भएको छ । घाइते १८ जनालाई उपचारका लागि हेलिकप्टरबाट अन्यत्र पठाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कविता : प्रिय दशै !

२६ आश्विन २०७८, मंगलवार १६:२१
प्रिय दशै ! हर्ष,उल्लास ,उमंग बोकेर, बर्ष भरिकै, औधी खुसी बोकेर, घर घर आगनमा, खुसीको बान, बजाउदै आयौ तिमी! आजको दिन, खाडिमा,पसिना बगाउदै, सुख खोजिरहेका, मेरा दाइ आउने दिन, भारत को गल्ली गल्लिमा चोक चोकमा, निलो डाम बस्ने गरि, भारी बोकिरहेका , बुढा बा आउने दिन, आजैकै दिन, माथिल्लो गांउको […]